प्रम ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल

प्रम ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल

समाचार

झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे । बिर्तामोडमा आज जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे ।

झापामा समानान्तर कमिटी गठन

माधव नेपाल समूहले आज बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *