पारस खड्का त्रिकोणात्मक सिरिजबाट बाहिरिए

पारस खड्का त्रिकोणात्मक सिरिजबाट बाहिरिए

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् ।

चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् । पूर्व कप्तान समेत रहेका पारसले सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षण दौरान चोट बोकेको बताएका छन् ।

उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए । डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन् ।

नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *