भारतले जारी गरेको नक्सालाई पाकिस्तानले अस्वीकार इमरानले दीय चेतावनी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको हो ।पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।”

त्यस्तै भारतको नयाँ नक्सामा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय बन्दै आएको जम्मु–कश्मीरलाई भारतले आफ्नो भूभागका रुपमा समेटेको छ । जम्मु–कश्मीर विवादका बारेमा भारत र पाकिस्तानका फरक धारणा रहँदै आएको अवस्थामा भारतले जम्मु–कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ खारेज गरी केन्द्र शासित प्रदेशका रुपमा नयाँ नक्सामा समेटेको छ । यस अतिरिक्त पाकिस्तान अ धिनस्थ कश्मीरलाई पनि भारतले आफ्नो नक्सामा समेटेको छ ।

पाकिस्तानले भारतको सो कदमप्रति कडा आपत्ति जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको नक्सा ‘त्रुटिपूर्ण’ र कानुनी रुपमा ‘अपुष्ट’ रहेको जिकिर गरेको थियो । संयुक्त राष्ट्र सुरषा परिषदको प्रासंगिक प्रस्तावको विरुद्ध हुने गरी भारतले जारी गरेको नक्सालाई पाकिस्तानले अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘भारतको राजनीतिक मानचित्रलाई पाकिस्तान खारेज गर्दछ’ भनिएको छ । संयुक्त राष्ट्रसंघको नक्सा अनुरुप भारतको नक्सा नरहेको पाकिस्तानको भनाइ थियो । ‘भारतको कुनै पनि कदमले जम्मु र कश्मीरको विवादित स्थितिलाई परिवर्तन गर्न सक्दैन जसलाई संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको छ,’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *