रोचक खबर

सुत्नु अघि कान्लिचोक भगवती देविको दर्शन गरि हेर्नुहोस भोलि मगलबारको राशिफल पढ़नुहोश साथै भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस

संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष तिथि-एकादशी , ०७:३३ बजे उप्रान्त द्वादशी,नक्षत्र-अश्विनी , ०६:२५ बजे उप्रान्त भरणी,योग-अतिगण्ड , १५:१५ बजे उप्रान्त सुकर्मा,करण-वालव ०७:३३ बजेदेखि कौलव , २०:२७ बजे उप्रान्त वणिज,चन्द्रराशि-मेष,आनन्दादि योग-मृत्यु,सूर्योदय-५:१०, सूर्यास्त- १९:००,दिनमान-३४ घडी ३५ पला,व्रत/पर्व-योगिनी एकादशी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

व्यापार व्यावसायमा मन्दि आउँनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा सम’स्या आउँन सक्छ ध्यान दिनुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औ’ष’धि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । परिवारका साथ सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् ।पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला।

अन्य समाचार, जहाजको सिट क्षमता २७५ तर जापानबाट ६ जना मात्र यात्रु टिपेर फर्कँदै नेपाल एयरलाइन्स सरकारले विदेशबाट अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काइरहेका बेला कतिपय देशमा पुगेका नेपाली एयरलाइन्सहरु रित्तै फर्किइरहेका छन्।

लकडाउन सुरू भएयता नेपाल एयरलाइन्सले २५ वटा अन्तारिष्ट्रय चार्टर्ड उडान भरेको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

यो अवधिमा अष्ट्रेलिया ३ पटक, चीन ९ पटक, हङकङ ३ पटक, दिल्ली १ पटक, ढाका १ पटक र जापान ८ पटक चार्टर्ड उडान भरेको निगमको तथ्यांकमा छ । नेपाल एयरलाइन्सले चार्टर्ड उडान भरेको देशबाट करिब ५ हजार नागरिक उद्धार गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लकडाउन भएयता गरेका अन्तर्राष्ट्रिय चार्टर्ड उडान रित्तै फर्किएका छन् । बिहीबार विमान भरेर त्रिभुवन विमानस्थलबाट जापानको नारिता उडेको नेपाल एयरलाइन्स फर्कँदा रित्तैजस्तै आउँदै छ।

विमानस्थल स्रोतका अनुसार साढे २ बजे नेपाल आईपुग्ने उक्त विमानमा ६ जना यात्रु छन्। यसअघि गत साता नेपाल एयरलाइन्सले जापानबाट ७ जना यात्रु लिएर आएको थियो। त्यतिबेला पनि नेपाल एयरलाइन्सले विमान भरि यात्रु लिएर नेपालबाट नारिता पुगेको थियो।

सअघि लकडाउनकै बीचमा २ पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको जहाज यसपटक भने पूरै भरिएर फर्किन्छ भन्ने अपेक्षा गरिएपनि रित्तै आएको हो । सरकारले विदेशमा रोकिएको नेपाली नागरिकको उद्दार सुरु गरिसकेका कारण अष्ट्रेलिया पुगेको निगमको वाइडबडी ए३३० जहाजले करिब २७४ जना यात्रु ल्याउने अपेक्षा थियो । तर जहाज जम्मा ११ जना यात्रु मात्रै बोकेर आईपुग्यो । अस्ट्रेलिया उद्धारको प्रतीक्षामा १ हजार ६ सय नेपाली नागरिक छन् ।

सरकारले राम्रोसँग समन्वय नगर्दा विमानहरु रित्तै फर्किइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हजार र अस्ट्रेलियामा करिब १४ सय जनाले नेपाल फर्कने भन्दै फर्म भरेका छन्।

तीनै देशबाट फर्कन चाहने नेपालीका लागि सरकारले महँगो टिकट शुल्क निर्धारण गरेको छ। विमान रित्तै गएर यात्रु ल्याउनुपर्ने हुँदा टिकट शुल्क महँगो भएको सरकारको भनाई छ।

सरल गुरुङ/ब्रिजवेन, अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकारले हवाई तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमै अष्ट्रेलियाबाट ५ सय २८ जना नेपालीको उद्दार हुने निर्णय भएको राजदूत महेश दाहालले जानकारी दिनुभयो । आगामी जुन १७ मा सिड्नीबाट र जुन २२ मा सिड्नी वा मेलवर्नबाट एकएक उडान हुने तय भएको दुतावासले जनाएको छ । एक पटकमा २ सय ६४ जना गरि ५ सय २८ जनाको उद्दार हुन लागेको हो । सरकारले बनाएको मापदण्डका आधारमा अतिआवश्यक, आवश्यक र कम आवश्यकताका आधारमा को को जाने भन्ने तय भइसकेको राजदूत दाहालले जानकारी दिनुभयो ।

सरकारले विदेशबाट उद्दार गर्ने देशहरुको भाडादार पनि सार्वजनिक गरेको छ । तर, अष्ट्रेलियाको भाडा दर भने अझै टुंगो लाग्न बाकी छ । ‘न्युनतम भाडा लिएर उद्दार गर्ने तयारी भईरहेको छ’ -राजदूत दाहालले भन्नुभयो -‘जम्मा खर्च र कुल यात्रुको संख्याले भाग गरेर भाडा दर तय हुने भएकाले महंगो नपर्ला ।’ बाकी उडानहरु पनि क्रमिक रुपले हुदै जाने भएकाले नेपाल जान पर्खिरहेका अन्य नेपालीले अहिले नै आत्तिनु नपर्ने राजदूतको भनाई छ ।

नेपाल जानका लागि अष्ट्रेलियाबाट झण्डै १३ सय नेपालीले नामावली टिपाएका छन् । त्यहि नामावलीको सूचि दुतावासले परराष्ट्र मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले प्रँथमिकताका आधारमा छनोट गरि उच्च स्तरिय समितिलाई अनुमतिका लागि पठाएको हो । कोरोनाका कारण विभिन्न देशमा अड्किरहेका नेपालीलाई पहिलो चरणमा उद्दार गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तयार पारेको ३० देशको सूचिमा अष्ट्रेलिया पनि परेको हो । सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको । हवाई भाडा र तालिकासहितको सूचि पर्यटन मन्त्रालयले कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरिय समितिलाई बुझाएको छ ।

नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् । तेस्रो पटकमा सुटुक्क पहुचवाला ११ जनालाई लिएर विमान फर्किएपछि त अष्ट्रेलियाको नेपाली समाज सरकारसंग रुष्ट बनेका छन् ।

अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकारले हवाई तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमै अष्ट्रेलियाबाट ५ सय २८ जना नेपालीको उद्दार हुने निर्णय भएको राजदूत महेश दाहालले जानकारी दिनुभयो । आगामी जुन १७ मा सिड्नीबाट र जुन २२ मा सिड्नी वा मेलवर्नबाट एकएक उडान हुने तय भएको दुतावासले जनाएको छ । एक पटकमा २ सय ६४ जना गरि ५ सय २८ जनाको उद्दार हुन लागेको हो । सरकारले बनाएको मापदण्डका आधारमा अतिआवश्यक, आवश्यक र कम आवश्यकताका आधारमा को को जाने भन्ने तय भइसकेको राजदूत दाहालले जानकारी दिनुभयो ।

सरकारले विदेशबाट उद्दार गर्ने देशहरुको भाडादार पनि सार्वजनिक गरेको छ । तर, अष्ट्रेलियाको भाडा दर भने अझै टुंगो लाग्न बाकी छ । ‘न्युनतम भाडा लिएर उद्दार गर्ने तयारी भईरहेको छ’ -राजदूत दाहालले भन्नुभयो -‘जम्मा खर्च र कुल यात्रुको संख्याले भाग गरेर भाडा दर तय हुने भएकाले महंगो नपर्ला ।’ बाकी उडानहरु पनि क्रमिक रुपले हुदै जाने भएकाले नेपाल जान पर्खिरहेका अन्य नेपालीले अहिले नै आत्तिनु नपर्ने राजदूतको भनाई छ ।

नेपाल जानका लागि अष्ट्रेलियाबाट झण्डै १३ सय नेपालीले नामावली टिपाएका छन् । त्यहि नामावलीको सूचि दुतावासले परराष्ट्र मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले प्रँथमिकताका आधारमा छनोट गरि उच्च स्तरिय समितिलाई अनुमतिका लागि पठाएको हो । कोरोनाका कारण विभिन्न देशमा अड्किरहेका नेपालीलाई पहिलो चरणमा उद्दार गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तयार पारेको ३० देशको सूचिमा अष्ट्रेलिया पनि परेको हो । सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको । हवाई भाडा र तालिकासहितको सूचि पर्यटन मन्त्रालयले कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरिय समितिलाई बुझाएको छ ।

नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् । तेस्रो पटकमा सुटुक्क पहुचवाला ११ जनालाई लिएर विमान फर्किएपछि त अष्ट्रेलियाको नेपाली समाज सरकारसंग रुष्ट बनेका छन् । साभार : अष्ट्रेलिया टुयुब

अन्य समाचार,न्युजिल्याण्ड- ओसेनिया मुलुक न्युजिल्यान्डले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ। नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो। आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण नदेखिएको जनाइएको छ ।

“यो वास्तवमा राम्रो खबर हो,” स्वास्थ्य विभागका महानिर्देशक डा. अस्ले ब्लुमफिल्डले भने। गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।
अन्य समाचार, स्याङजा । कोरोना भाइरस संक्रमणका कारण नेपालमा फेरि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा आइतबार कोरोना संक्रमणका कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ ।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

अन्य प्रदेशमा कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेश सुरक्षित देखिन्थ्यो । त्यसमा पनि प्रदेश राजधानी पोखरामा त संक्रमण शून्य नै थियो।

तर पछिल्लो केही दिन यता गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार विहानमात्र थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रबार ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भने पोखरेलीमा त्रास फैलिएको थियो । पोखरा नै नछाडेका ती व्यक्ति कसरी संक्रमित भए, यो प्रश्न धेरैलाई टाउको दुखाइ बनेको छ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । त्यसमध्ये ४६७ जना उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ ।

अन्य समाचार, काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुक र मलेसियामा कोरोना भाइरसले करिव २ लाख ६० हजार संक्रमित भएका छन् ।

कोरोना भाइरस सम्बन्धिको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डो मिटर्सले शुक्रबार विहान ११ बजेसम्म अद्यावधिक गरेको तथ्याङ्क अनुसार मलेसिया र खाडीका ६ मुलुक (साउदी, कतार, युएई, ओमान, बहराइन र कुवेत ) मा २ लाख ५९ हजार ६९६ जना संक्रमित भएका छन् ।ती मुलुकहरूमा अहिलेसम्म कोरोनाकै संक्रमणले १३६८ जनाको मृत्यु भएको छ । ती मुलुकहरूमा संक्रमितमध्ये १ लाख ६२ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

मलेसियासहित खाडी मुलुकमा भएको संक्रमणको अवस्था कस्तो छ त हेर्नुहोस् संक्रमित नेपालीको तथ्यांकसमेत समेटिएको देशगत विवरण ।

मलेसिया

मलेसियामा कोरोना भाइरसको संक्रमणले ११५ जनाको मृत्यु भएको छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
बिहिबार थप २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित हुनेको संख्या ८ हजार २४७ पुगेको हो ।

संक्रमितमध्ये ६ हजार ५५९ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ५७३ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मेलेसियाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ बिहिबारसम्म ६७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको उपचार भइरहेको छ ।

कोरोनाको संक्रमण फैलन नदिने मलेसियाले जारी लकडाउनलाई ९ जुनसम्म पुर्‍याएको छ । मे ४ देखि लकडाउन खुकुलो बनाएर आर्थिक गतिविधि पनि चलायमान बनाउँदै लगिएको मलेसियामा अप्ठ्यारो परेमा दूतावासमा वा दूतावासले अनलाईनमा उपलब्ध गराएको फारम भर्न नेपालीहरुलाई आह्वान गरिएको छ ।

साउदी अरब

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ६११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३२ जनाको मृत्यु भएको छ । यस्तै एकै दिन १ हजार ९७५ जनामा संक्रमण पुष्टि हुँदा साउदीमा कोरोना संक्रमितको संख्या ९३ हजार १५७ पुगेको छ ।
संक्रमितमध्ये ६८ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ५८१ को उपचार भइरहेको छ ।अहिलेसम्म त्यहाँ १ हजार ३६४ जना नेपाली संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारी अन्त्य नहुने संकेत देखिएपछि साउदीले पनि क्रमिकरूपमा लकडाउनलाई खुकुलो बनाउँदै लैजाने योजना सार्वजनिक गरेको छ ।

झण्डै दुई महिनाको कर्फ्यू विभिन्न चरणमा विभाजन गरी २८ मेदेखि खुकुलो बनाइएको छ ।

पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएकोमा मे ३१ देखि मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीच बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म आउजाउ गर्न दिइन थालिएको छ । यो व्यवस्था जुन २० सम्म हुनेछ ।

यी दुवै चरणमा रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्न दिइएको छ । अब तेस्रो चरण अर्थात जुन २१ पछि भने पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिमहल लगायत खुला गर्ने तयारी गरिएको छ ।

युएई

मृतक संख्याका आधारमा खाडीका ६ मुलुकमा कोरोनाको चपेटामा पर्ने दोस्रो मुलुक हो युएई ।युएईमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले २७३ जनाको मृत्यु भएको छ ।

बुधबार थप ३ जनाको मृत्यु भएपछि युएईमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७३ पुगेको हो ।पछिल्लो २४ घण्टामा थप ६५९ जनामा संक्रमण पुष्टि भएपछि युएईमा कोरोना संक्रमितको संख्या ३७ हजार १८ पुगेको छ । त्यसमध्ये १९ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् ।

युएईमा अहिलेसम्म ५ सय नेपालीमा संक्रमण पुष्टि भएकोमा १९ जनाको मृत्यु भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।यूएईको दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कर्फ्यूलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै कायम गरेको छ ।

दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु, थोक तथा होलसेल पसलहरु खुला भएका छन् ।

कुवेत

कोरोना भाइरसको संक्रमणले कुवेतमा २३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमितको संख्या ५६२ छ ।

संक्रमित थपिएसँगै कुवेतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ९२१ जना पुगेको छ । संक्रमितमध्ये १७ हजार २२३ जना उपचारपछि निको भएका छन् ।एनआरएनएका अनुसार कुवेतमा संक्रमित हुने नेपालीको संख्या ६५० छ भने २ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले अर्थतन्त्र संकटग्रस्त हुँदै गएपछि कुवेतले ३१ मे देखि कर्फ्यूलाई खुकुलो बनाउँदै लगेको छ । विभिन्न पाँच चरणमा कर्फ्यूलाई हटाउँदै लैजाने योजना बनाएको कुवेतले १३ सेप्टेम्बरदेखि भने जनजीवन सामान्य अवस्थामै फर्काउने गरिको कार्ययोजना बनाएको छ ।

ओमान

ओमानमा कोरोना भाइरसको संक्रमणले ६७ जनाको मृत्यु भएको छ भने १४ हजार ३१६ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ७७८ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ हजार ४५१ जना उपचारपछि निको भएका छन् भने १० हजार ७९८ जनाको उपचार जारी छ ।

ओमानमा संक्रमितको राष्ट्रियता नखुलाइएकाले कति नेपाली संक्रमित भएका छन् भन्नेबारे केही पनि खुलेको छैन ।

ओमानले पनि मस्कट क्षेत्रको लकडाउन मे २९ देखि हटाएको छ । लकडाउन हटाएसँगै जनजीवन सामान्यउन्मुख हुँदै गएको छ । तर कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जाँदा त्रास भने कायमै छ ।

.

कतार

कोरोना भाइरसको संक्रमणले कतारमा ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६३ हजार नाघेको छ ।

एकै दिन त्यहाँ १ हजार ५८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ हजार ७४१ पुगेको छ ।
संक्रमितमध्ये ३९ हजार ४६८ जना निको भएका छन् भने २४ हजार २२८ जनाको उपचार भइरहेको छ ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म कतारमा ६ हजार ९११ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएकाले कतारमा कार्यरत नेपालीलाई खासै अप्ठ्यारो नपरेको दूतावासले जनाएको छ ।

बहराइन

कोरोना भाइरसको संक्रमणले बहराइनमा २१ जनाको मृत्यु भएको छ । त्यहाँ १३ हजार २९६ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये ७ हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ५४७ जनाको उपचार जारी छ ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ त्यसमध्ये ३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणपछि आफ्ना नागरिकलाई व्यवस्थापन गर्न भन्दै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्ने अवसर दिएको छ ।कोरोनाको महामारीले त्यहाँ १८ मार्चदेखि नै उडान बन्द गरिएको छ ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् । यद्यपि नेपाली सरकारले आजै शुक्रबार (जुन ५) देखि विदेशमा रहेका नेपालीलाई पनि उद्धार सुरू गरेपछि नेपालीहरू स्वदेश फर्कन पाउने भएपछि उत्साहित भएका छन् ।

अन्य समाचार,
कपिलवस्तु- क्‍वारेन्टाइनमा ‘अलपत्र’ कोरोना सं’क्रमितलाई कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न नमानेपछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्‍याएका छन् । तीन दिनदेखी ‘अलपत्र’ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना सं’क्रमितलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आइसोलेसन वार्डमा पुर्‍याएका हुन्।

सं’क्रमितलाई बोक्न एम्बुलेन्स चालकसमेत ड’राएपछि पौडेल आफैं तयार भएका थिए। उनले पिपिई लगाएर २२ सं’क्रिमतलाई आइसोलेसनमा पुर्‍याएका थिए। नगरपालिकाका ६ वटा क्‍वारेनटाइनमा रहेका सं’क्रमितलाई आइसोलेसनमा लैजान उनलाई ६ घण्टा लागेको थियो।

कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरको मदरसास्थित आइसोलेसनमा सोमवार दिउँसो ३ बजेदेखि उनले ओसार्न सुरु गरेर राति ९ बजे सबै सं’क्रमितलाई उनले आइसोलेसनमा पुर्‍याए।

क्‍वारेन्टाइनमा बसेका मानिसहरू ड’राएका थिए। सं’क्रमितहरु नजिक पर्छन् की भनेर झनै आ’त्तिए। त्यो देखेर मैले केही गर्नु पर्छ भन्‍ने आँट जाग्यो,’ पौडेलले बताए। यस अगाडि पनि कृष्णनगर सीमा क्षेत्रमा को’रोना सं’क्रमणबाट मृ’त्यु भएका अर्घाखाँची भूमिकास्थनका पुरुषलाई पौडेलले बोकेर एम्बुलेन्समा ल्याएका थिए।

पौडेलले अगाडि भने- ‘लामो समयसम्म पिपिई लगाउँदा बढी पसिना बगेको थियो। मलाई ड’र भने लागेन। शारीरिक रूपमा तन्दुरुस्त भएकाले जो’खिम लिन तयार भएको थिएँ,’

इलाका प्रहरी कार्यालय कृष्णनगरका सवारी चालक को’रोना सं’क्रमण भई आइसोलेसनमा गएपछि पौडेलले धेरैपटक जो’खिम मोलेर सेवा गरिरहेका छन् ।

अन्य समाचार पद्नुहोस ,गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।

अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे। ‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने।

डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’

रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए। काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा। जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो।

बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए।

पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो। धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए। उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’

धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे। उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर।

सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो। हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो। कलाकारिता फस्टाइरहेको थियो। उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे। समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो।

जब नेपालमा भूकम्प आयो। घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन्। त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे। केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन्।

अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’

अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ। वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला? काठमाडौं।ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो ।

यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

मन्दिर ,यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् ।

यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।

ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् ।

अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ ।

तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ ।“जान दैत्य वडातोडा मालथलि जान, मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान । गयो दैत्य वडातोडो, वतासैको स्वर आयोदलु मोहन्यालकी वादलकी ढिक,

मिल्ल छौ त खपरे हामु सित मिल, नै त मिल्ला खपरेकी लाउत तेरी ठिक , केदारका दाईने तिर तुडया तुडया पानी , मिल्ला छौ त खपरे हमु सित मिलनई त मिल्ला खपरेकी समाई ल्याए रानी केदारैका गाथ मुनी थुम थुम केला मिल्ला छौत खपरे हमु सीत मिल नईमिल्ला खपरेका समाई ल्याय चेला– गयोदलु खपरेको रुनु–रुनु गयो । भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”

यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ ।

पूजाको दिनमा साजी विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ । यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।

यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् । यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा बैतडी बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ ।

तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी ९नायाँ व्यक्ति० ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ ।

यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।

ठूला केदार र मोहन्यालको सम्बन्ध ,मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

साङौडी,सौडीरसौटी देवता ,सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् ।

तल्लो बोगटान९कत्युरी नरेश को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।

थप समाचार, मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।

प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।पछिल्लो समयमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेको छ ।

केही साता अघि कञ्चजपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भयो । अझै पनि स्थानीय सरोकार र प्रहरी प्रशासनले मुख्य दोषी को हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् । त्यहाँका प्रहरी प्रशासनले सुगा रटाई गरि नक्कली दोषीलाई उभ्याएर पीडित माथि झन पीडा थप्ने काम मात्र गरेको छ । तत्पश्चात केही दिन अघिसम्म त्यहाँका स्थानीयहरु आन्दोलित भए ।

साथै निर्मला पन्तको न्यायको लागि आन्देलनमा पुगेका १४ वर्षीया सनी खुनाले आफ्नो ज्यानसम्म गुमाए । यो घटना अझैं पनि ज्युँको त्युँ छ । त्यस्तै केही साता अघि कञ्चनपुरकै अर्की एक बालिकाको पनि यौन पिपासुहरु इज्जत लुटिदिएको समाचार सार्वजनिक भएको छ । तर प्रहरी प्रशासनले दोषीलाई पहिचान गरेर कारवाही गर्न सकिरहेको छैन ।

यसै सन्दर्भमा केही महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्दै पेटीकोट आन्दोनमा उत्रिए । यसको साथै कपाल मुण्डनसमेत गरेर बलत्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।नेपालमा यसरी दिनहुँ बलात्कार जस्ता जघन्य अपराध बढिरहेको समयमा हाम्रो छिमेकी राष्ट्र भारतमा भने बलात्कारीको लागि फाँसीको व्यवस्था गरिसकेको छ ।

करीब एक महिना अघि मात्रै पनि सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय एक युवकलाई फाँसीको सजाय सुनाएको थियो । त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने गर्ने २२ जनालाई पनि कडा सजायको व्यवस्था गरिएको समाचार सार्वजनिक भएको थियो ।

यसैक्रममा भारतको राजस्थान स्थित झुंझुनु अदालतले तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई फाँसीको सजाय सुनाएको छ । ती बालिका अहिले मुटु रोगले ग्रस्त भएकी छन् । घटना घटेको २० दिन भित्रै अदालतले बलात्कारीलाई फाँसीको सजायको फैसला सुनाएको हो ।

फाँसीको फैसला सुनुवाई गर्दै न्यायाधीशले एउटा कविता समेत लेखेर सुनाएका थिए । यो घटना अगष्ट २ मा भारतको राजस्थान स्थित झुंझुनुमा बिहान करिब ९ बजेको घटेको हो । तीन वर्षीया ती बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर ती बालिका खेलिरेही थिइन्, भने नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतकासामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलाएपछि तीन वर्षीया बालिकालाई समेत उनले छाडेनन् । बालिकाकी हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चडेर फरार भए । बेलुकी साँझ सात बजे प्रहरी समक्ष उजुरी दर्ता भयो, भने भोलिपल्ट चिडवाबाट विनोदलाई प्रहरीले पक्राउ गरे ।

प्रहरीले ९ दिनपछि (अगष्ट १३ तारिख) आरोपी विनोदविरुद्ध अदालतमा मुद्धा पेश गरेका थिए । तीन वर्षीया ती बालिकालाई बलात्कार गर्ने यौन पिपासु विनोदलाई फाँसीको सजाय सुनाउँदै न्यायाधीश निरजा दाधीचले भावुक कवितासमेत लेखेर सुनाएका थिए । न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’ यसका साथै उनले तीन वर्षीया बालिकाहरु घरमा एक्लै छोड्नु पनि असुरक्षित भएको समेत बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close