ताजा खबर

राष्ट्रिय सम्मानका साथमा डा भिक्षु ज्ञानपूर्णिक महास्थवीरको अन्त्येष्टि

सातौँ सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उनका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गरेको भिक्षु निग्रोधले जानकारी दिए । अग्नि संस्कारअघि उनको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओडाएका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । उनको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी थिए ।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेखेका छन् । उनि धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका थिए। उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए। भिक्षु अग्गमहापण्डित थेरवाद बुद्ध धर्मको सातौँ सङ्घनायकसमेत थिए । बुद्धधर्मसम्बन्धी दर्जनौँ ग्रन्थ उनले नेपाल भाषा, नेपाली र अङ्ग्रेजीमा अनुवाद गरेका छन्।

भिक्षु ज्ञानपूर्णिकको जन्म १९९६ साल मङ्सिर ६ गते पाल्पाको तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराका रुपमा भएको थियो । भिक्षु हुनुभन्दाअघि उनको नाम हिरालाल शाक्य थियो । उनि लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीको संरक्षक र संस्थापक अध्यक्षसमेत थिए।

चर्चित गायिका अन्जु पन्तको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई लागेको छ ।

‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितले रातारात हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । गएको बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गित रेकर्डीङ्ग गराएकी थिइन् । तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् ।

अन्य समाचार, काठमाडौं। रोजगारीका लागि विदेश गएका ९० नेपालीले अन्तिम समयमा पनि मातृभूमिको माटो पाएनन्। उनीहरुको शवको विदेशमै अन्तिम संस्कार गरिएको छ। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको विभिन्न कारणले मृत्यु भएकोमा ९० नेपालीको शव स्वदेश नल्याइ उतै व्यवस्थापन गरिएको हो।

यद्यपि यसरी व्यवस्थापन गर्नको लागि मृतकका परिवारले भने सहमति दिएका छन्। कारणवश शव नेपाल ल्याउन नसकिने स्थिति भएमा शवको उतै व्यवस्थापनको लागि परिवारले सहमति दिनुपर्ने प्रावधान छ। वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार यसरी सहमति पाएका शवको उतै अन्त्येष्टि गरिएको छ।

अहिले लकडाउनका कारण विदेशबाट शव नेपाल ल्याउन पनि समस्या भइरहेका कारण शव विदेशमै व्यवस्थापन गरिएको हो। यीमध्ये केही कोरोनाभाइरका कारण मृत्यु हुनेहरु पनि छन्। कोरोनाभाइरसका कारण मृत्यु भएकाको शव त नेपाल ल्याउनै मिल्दैन। अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोरोनाभाइरसका कारण मृत्यु हुनेको शव निश्चित प्रोटोकल अपनाएर निश्चित समयभित्रै व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ।

‘लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन समस्या भइरहेको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले डिसी नेपालसँग भने, ‘लकडाउनका कारण नियमित उडान नहुँदा विदेशबाट शव ल्याउन समस्या भइरहेको हो।’

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएको र कतिपयको कोरोनाका कारण मृत्यु भएका कारण पनि विभिन्न मुलुकमा मृत्यु भएका ९० नेपालीको शव सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशमा मृत्यु भएका नेपालीमध्ये २३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । विदेशमा शव अन्त्येष्टि गर्दा परिवारजनको सहमति भने लिने गरिएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। कोरोनाबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरुको शव नेपाल ल्याउन सम्भव हुँदैन। ती बाहेक विभिन्न मुलुकमा अझै १५१ नेपालीको शव अलपत्र छन् जसलाई नेपाल ल्याउन समस्या भइरहेको छ। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएपछि उनीहरुको शव नेपाल ल्याउन समस्या भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

‘कोरोना संक्रमणबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने प्रावधान छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘कोरोना संक्रमण र अन्य कारणले मृत्यु भएका ९० नेपालीको शव परिवारको सहमति लिएर सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ।

अन्य समाचार, नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको निधन भएको छ । उनको आज बिहान ७ः०५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको निधन भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने÷नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट निधन भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताउनुभयो ।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।

अन्य समाचार,काठमाण्डौ – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका शव साढे दुई महिनापछि ल्याउन थलिएको छ । यूएईबाट शुक्रबार घर फर्कने नेपाली आएको चार्टर्ड जहाजले एउटा शव ल्याएसँगै विदेशमै रोकिएका शव ल्याउने प्रक्रिया सुरु भएको हो ।

सरकारले चार्टर्ड जहाज भएका बेला विदेशमा रोकिएका शव पनि ल्याउने निर्णय गरेको थियो । शुक्रबार यूएईबाट घर फर्कने नेपाली बोकेर आएको एअर अरेबियाको जहाजले इलामका २९ वर्षीय राजु पञ्चकोटीको शव ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

शव घरसम्म बोर्डले पुर्‍याइदिने
विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क शव ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्‍याइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जनाकारी दिनुभयो ।

उहाँका अनुसार बोर्डले मृतकको आफन्तसँग समन्वय गर्नेछ । त्यसपछि शव बाहनका चालकले नै विमानस्थलमा शव बुझेर घरसम्म शव पुर्‍याइदिनेछन् । ‘विभिन्न जिल्लाबाट शव बुझ्न काठमाण्डौसम्म आउन सम्भव नहुन सक्छ, त्यसैले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझ्नुहुन्छ र पूर्ण सुरक्षासहित परिवारले भनेको ठाउँसम्म पुर्‍याइदिनुहुन्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय प्रहरीको रोहबरमा चालकले शव आफन्तलाई बुझाएर फर्कनुहुनेछ ।’ काठमाण्डौमा आफन्त हुनेले भने विमानस्थलमा गएर शव बुझ्न सक्छन् । निःशुल्क शव ढुवानी आवश्यक परेमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले एक दिनमा २० वटासम्म शव ढुवानी गर्न सक्नेगरी व्यवस्थापन गरेको छ । सामान्य अवस्थामा दिनमा १० वटासम्म शव ढुवानी गर्ने गरिएको थियो । तर अहिले साढे दुई महिनादेखि शव विदेशमै रोकिएकाले एक दिनमै आउने सङ्ख्या धेरै भए पनि त्यही अनुसार व्यवस्थापन गर्न शव ढुवानी गर्ने २० वटा गाडी तयारी अवस्थामा राखिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले विदेशमा समस्यामा परेका श्रमिकको स्वदेश फिर्तीका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने भनेको छ । जसअनुसार हरेक जहाजमार्फत दुईवटा शव आएमा पनि त्यसैदिन विमानस्थलबाट घर पठाउने गरी बोर्डको त्ययारी छ । जहाजमा दुईवटा मात्र कफिन अट्ने गरी ठाउँको व्यवस्थापन गरिएको हुन्छ ।

‘शव ढुवानी गर्ने गाडीको विवरण गृहलाई उपलब्ध गराएका छौं, चालकहरु पनि त्यही अनुसार तयार हुनुहुन्छ, उहाँहरुलाई पीपीईदेखि स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराइएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘शव नेपाल आएपछि परिवारले चिन्ता गर्नु पर्दैन, हामी सुरक्षितसाथ घरसम्म पुर्‍याइदिन्छौं ।’

२ सय ३८ नेपालीको शव गन्तव्य देशमै
यो अवधिमा रोजगारीका लागि विदेश गएका र उतै ज्यान गुमाएका २ सय ३८ नेपालीको शव गन्तव्य देशमा नै रोकिएको छ । बोर्डका अनुसार शुक्रबारसम्म २ सय २६ पुरुष र १२ महिलाका गरी २ सय ३८ शव विदेशमै रोकिएका छन् । यसमध्ये २३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको बोर्डको तथ्याँक छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको शव भने नेपाल ल्याउन सम्भव नभएको बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार गन्तव्य देशमै अन्त्येष्टि गर्नुपर्ने हुन्छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको शव गन्तव्य देशले पनि नेपाल पठाउँदैनन् । तर अन्य विभिन्न कारणले ज्यान गुमाएका मृतकका आफन्त भने महिनौंदेखि कुरिरहेका छन् । कतिपयले उतै अन्त्येष्टिका लागि अनुमति पनि दिएका छन् ।

बोर्डका अनुसार ८५ मृतकका परिवारले उतै अन्त्येष्टिको लागि सहमति दिएका छन् । अहिले महामारीको समयमा शव गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने मृतकका आफन्तलाई बोर्डले सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ थप दिने घोषणा पनि गरेको छ ।

जहाज उडान र कुन देशबाट कहिले कति शव आउलान् भन्ने यकिन नभएको र व्यवसायिक उडान नखुल्दासम्म शव ल्याउन सहज नहुने भन्दै बोर्डले सम्भव भएसम्म गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिन परिवारसँग अनुरोध गरिरहेको छ । विदेशबाट घर फर्कने नेपाली आउने जहाजमा शव पनि आउनेछन् । तर समय लम्बिंदै जाँदा विदेशमा ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेको समयमा चार्टर्ड जहाजमार्फत शव आउँदैछ र परिवारलाई कम्पनीले जानकारी दिएको छ भने विमानस्थलदेखि घरसम्म पुर्‍याउने व्यवस्थापनका लागि बोर्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका लागि दिनबन्धु सुवेदी, आशिष भण्डारी र मैया कँडेलको मोबाइल नम्बर ९८४१५०७८९८, ९८५५०३२२८८ र ९८५११८५१८६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ । ,साभार : उज्यालो नेटवर्क

अन्य समाचार, नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन पुष्टि भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको निधन पछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

लामो समयदेखि द’मका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौ’रे भन्ने ठाउँमा ग’म्भीर बिरामी परेका थिए । १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते निधन भएको थियो । निधन पछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना सं’क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति नि’कालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ।

योसँगै कोरोनाबाट निधन हुनेको संख्या नेपालमा १२ पुगेको छ। निधन भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो।

त्यस्तै चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको निधन भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान निधन भएको हो । शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उनि २ हफ्ता अगाडी भारतबाट आएको खुलेको छ । उनलाई जो’रो र खो’कीको स’मस्या आउँदा निकै गा र्हो भएपछि भरतपुर अस्पतालको कोभिड आ’ईसीयूमा भर्ना गरिएको थियो । उनको केहीबेर अघि मात्र निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको निधन भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको निधन भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा निधन भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा द’मको रो’गसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् ।

एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण निधन भइसकेको छ ।

अन्य समाचार, काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ ।शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगेको छ ।

सैनिक स्रोतका अनुसार, उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

प्रदेश नं ३, ४ र ५ घर भएकालाई मात्र काठमाडौंमा राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको स्रोतले बताएको छ ।

होल्डिङ सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ ।

उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।विदेशबाट उद्धार गरिएकालाई समस्या नहोस भने नेपाल टेलिकमले निःशुल्क सीम कार्डको ब्यवस्था गरेको छ ।

सरकारले शुक्रबार म्यानमारसँगै युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको पनि युएईको उडान भने ढिला हुने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए कति बेला नेपाल आइपुग्ने टुंगो नभएको उनले जानकारी दिए । तर नेपालीलाई लिएर विमान भने आजै आउने उनले जानकारी दिए ।

विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि नेपालीको उद्धार सुरू गरेको हो ।
अन्य समाचार, कपिलवस्तु- क्‍वारेन्टाइनमा ‘अलपत्र’ कोरोना सं’क्रमितलाई कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न नमानेपछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्‍याएका छन् । तीन दिनदेखी ‘अलपत्र’ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना सं’क्रमितलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आइसोलेसन वार्डमा पुर्‍याएका हुन्।

सं’क्रमितलाई बोक्न एम्बुलेन्स चालकसमेत ड’राएपछि पौडेल आफैं तयार भएका थिए। उनले पिपिई लगाएर २२ सं’क्रिमतलाई आइसोलेसनमा पुर्‍याएका थिए। नगरपालिकाका ६ वटा क्‍वारेनटाइनमा रहेका सं’क्रमितलाई आइसोलेसनमा लैजान उनलाई ६ घण्टा लागेको थियो।

कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरको मदरसास्थित आइसोलेसनमा सोमवार दिउँसो ३ बजेदेखि उनले ओसार्न सुरु गरेर राति ९ बजे सबै सं’क्रमितलाई उनले आइसोलेसनमा पुर्‍याए।

क्‍वारेन्टाइनमा बसेका मानिसहरू ड’राएका थिए। सं’क्रमितहरु नजिक पर्छन् की भनेर झनै आ’त्तिए। त्यो देखेर मैले केही गर्नु पर्छ भन्‍ने आँट जाग्यो,’ पौडेलले बताए। यस अगाडि पनि कृष्णनगर सीमा क्षेत्रमा को’रोना सं’क्रमणबाट मृ’त्यु भएका अर्घाखाँची भूमिकास्थनका पुरुषलाई पौडेलले बोकेर एम्बुलेन्समा ल्याएका थिए।

पौडेलले अगाडि भने- ‘लामो समयसम्म पिपिई लगाउँदा बढी पसिना बगेको थियो। मलाई ड’र भने लागेन। शारीरिक रूपमा तन्दुरुस्त भएकाले जो’खिम लिन तयार भएको थिएँ,’

इलाका प्रहरी कार्यालय कृष्णनगरका सवारी चालक को’रोना सं’क्रमण भई आइसोलेसनमा गएपछि पौडेलले धेरैपटक जो’खिम मोलेर सेवा गरिरहेका छन् ।

अन्य समाचार पद्नुहोस ,गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।

अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे। ‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने।

डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’

रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए। काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा। जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो।

बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए।

पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो। धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए। उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’

धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे। उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर।

सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो। हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो। कलाकारिता फस्टाइरहेको थियो। उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे। समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो।

जब नेपालमा भूकम्प आयो। घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन्। त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे। केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन्।

अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’

अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ। वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला? काठमाडौं।ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो ।

यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

मन्दिर ,यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् ।

यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।

ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् ।

अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ ।

तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ ।“जान दैत्य वडातोडा मालथलि जान, मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान । गयो दैत्य वडातोडो, वतासैको स्वर आयोदलु मोहन्यालकी वादलकी ढिक,

मिल्ल छौ त खपरे हामु सित मिल, नै त मिल्ला खपरेकी लाउत तेरी ठिक , केदारका दाईने तिर तुडया तुडया पानी , मिल्ला छौ त खपरे हमु सित मिलनई त मिल्ला खपरेकी समाई ल्याए रानी केदारैका गाथ मुनी थुम थुम केला मिल्ला छौत खपरे हमु सीत मिल नईमिल्ला खपरेका समाई ल्याय चेला– गयोदलु खपरेको रुनु–रुनु गयो । भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”

यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ ।

पूजाको दिनमा साजी विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ । यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।

यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् । यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा बैतडी बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ ।

तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी ९नायाँ व्यक्ति० ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ ।

यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।

ठूला केदार र मोहन्यालको सम्बन्ध ,मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

साङौडी,सौडीरसौटी देवता ,सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् ।

तल्लो बोगटान९कत्युरी नरेश को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।

थप समाचार, मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।

प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।पछिल्लो समयमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेको छ ।

केही साता अघि कञ्चजपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भयो । अझै पनि स्थानीय सरोकार र प्रहरी प्रशासनले मुख्य दोषी को हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् । त्यहाँका प्रहरी प्रशासनले सुगा रटाई गरि नक्कली दोषीलाई उभ्याएर पीडित माथि झन पीडा थप्ने काम मात्र गरेको छ । तत्पश्चात केही दिन अघिसम्म त्यहाँका स्थानीयहरु आन्दोलित भए ।

साथै निर्मला पन्तको न्यायको लागि आन्देलनमा पुगेका १४ वर्षीया सनी खुनाले आफ्नो ज्यानसम्म गुमाए । यो घटना अझैं पनि ज्युँको त्युँ छ । त्यस्तै केही साता अघि कञ्चनपुरकै अर्की एक बालिकाको पनि यौन पिपासुहरु इज्जत लुटिदिएको समाचार सार्वजनिक भएको छ । तर प्रहरी प्रशासनले दोषीलाई पहिचान गरेर कारवाही गर्न सकिरहेको छैन ।

यसै सन्दर्भमा केही महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्दै पेटीकोट आन्दोनमा उत्रिए । यसको साथै कपाल मुण्डनसमेत गरेर बलत्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।नेपालमा यसरी दिनहुँ बलात्कार जस्ता जघन्य अपराध बढिरहेको समयमा हाम्रो छिमेकी राष्ट्र भारतमा भने बलात्कारीको लागि फाँसीको व्यवस्था गरिसकेको छ ।

करीब एक महिना अघि मात्रै पनि सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय एक युवकलाई फाँसीको सजाय सुनाएको थियो । त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने गर्ने २२ जनालाई पनि कडा सजायको व्यवस्था गरिएको समाचार सार्वजनिक भएको थियो ।

यसैक्रममा भारतको राजस्थान स्थित झुंझुनु अदालतले तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई फाँसीको सजाय सुनाएको छ । ती बालिका अहिले मुटु रोगले ग्रस्त भएकी छन् । घटना घटेको २० दिन भित्रै अदालतले बलात्कारीलाई फाँसीको सजायको फैसला सुनाएको हो ।

फाँसीको फैसला सुनुवाई गर्दै न्यायाधीशले एउटा कविता समेत लेखेर सुनाएका थिए । यो घटना अगष्ट २ मा भारतको राजस्थान स्थित झुंझुनुमा बिहान करिब ९ बजेको घटेको हो । तीन वर्षीया ती बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर ती बालिका खेलिरेही थिइन्, भने नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतकासामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलाएपछि तीन वर्षीया बालिकालाई समेत उनले छाडेनन् । बालिकाकी हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चडेर फरार भए । बेलुकी साँझ सात बजे प्रहरी समक्ष उजुरी दर्ता भयो, भने भोलिपल्ट चिडवाबाट विनोदलाई प्रहरीले पक्राउ गरे ।

प्रहरीले ९ दिनपछि (अगष्ट १३ तारिख) आरोपी विनोदविरुद्ध अदालतमा मुद्धा पेश गरेका थिए । तीन वर्षीया ती बालिकालाई बलात्कार गर्ने यौन पिपासु विनोदलाई फाँसीको सजाय सुनाउँदै न्यायाधीश निरजा दाधीचले भावुक कवितासमेत लेखेर सुनाएका थिए । न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’ यसका साथै उनले तीन वर्षीया बालिकाहरु घरमा एक्लै छोड्नु पनि असुरक्षित भएको समेत बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close