रोचक खबर

भाग्यमानीले मात्र देख्ने सुन रङ्गको नाग देवतालाई देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गरेमा मनोकामना पुरा हुनेछ !!!

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।

प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।पछिल्लो समयमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेको छ ।

केही साता अघि कञ्चजपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भयो । अझै पनि स्थानीय सरोकार र प्रहरी प्रशासनले मुख्य दोषी को हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् । त्यहाँका प्रहरी प्रशासनले सुगा रटाई गरि नक्कली दोषीलाई उभ्याएर पीडित माथि झन पीडा थप्ने काम मात्र गरेको छ । तत्पश्चात केही दिन अघिसम्म त्यहाँका स्थानीयहरु आन्दोलित भए ।

साथै निर्मला पन्तको न्यायको लागि आन्देलनमा पुगेका १४ वर्षीया सनी खुनाले आफ्नो ज्यानसम्म गुमाए । यो घटना अझैं पनि ज्युँको त्युँ छ । त्यस्तै केही साता अघि कञ्चनपुरकै अर्की एक बालिकाको पनि यौन पिपासुहरु इज्जत लुटिदिएको समाचार सार्वजनिक भएको छ । तर प्रहरी प्रशासनले दोषीलाई पहिचान गरेर कारवाही गर्न सकिरहेको छैन ।

यसै सन्दर्भमा केही महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्दै पेटीकोट आन्दोनमा उत्रिए । यसको साथै कपाल मुण्डनसमेत गरेर बलत्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।नेपालमा यसरी दिनहुँ बलात्कार जस्ता जघन्य अपराध बढिरहेको समयमा हाम्रो छिमेकी राष्ट्र भारतमा भने बलात्कारीको लागि फाँसीको व्यवस्था गरिसकेको छ ।

करीब एक महिना अघि मात्रै पनि सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय एक युवकलाई फाँसीको सजाय सुनाएको थियो । त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने गर्ने २२ जनालाई पनि कडा सजायको व्यवस्था गरिएको समाचार सार्वजनिक भएको थियो ।

यसैक्रममा भारतको राजस्थान स्थित झुंझुनु अदालतले तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई फाँसीको सजाय सुनाएको छ । ती बालिका अहिले मुटु रोगले ग्रस्त भएकी छन् । घटना घटेको २० दिन भित्रै अदालतले बलात्कारीलाई फाँसीको सजायको फैसला सुनाएको हो ।

फाँसीको फैसला सुनुवाई गर्दै न्यायाधीशले एउटा कविता समेत लेखेर सुनाएका थिए । यो घटना अगष्ट २ मा भारतको राजस्थान स्थित झुंझुनुमा बिहान करिब ९ बजेको घटेको हो । तीन वर्षीया ती बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर ती बालिका खेलिरेही थिइन्, भने नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतकासामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलाएपछि तीन वर्षीया बालिकालाई समेत उनले छाडेनन् । बालिकाकी हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चडेर फरार भए । बेलुकी साँझ सात बजे प्रहरी समक्ष उजुरी दर्ता भयो, भने भोलिपल्ट चिडवाबाट विनोदलाई प्रहरीले पक्राउ गरे ।

प्रहरीले ९ दिनपछि (अगष्ट १३ तारिख) आरोपी विनोदविरुद्ध अदालतमा मुद्धा पेश गरेका थिए । तीन वर्षीया ती बालिकालाई बलात्कार गर्ने यौन पिपासु विनोदलाई फाँसीको सजाय सुनाउँदै न्यायाधीश निरजा दाधीचले भावुक कवितासमेत लेखेर सुनाएका थिए । न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’ यसका साथै उनले तीन वर्षीया बालिकाहरु घरमा एक्लै छोड्नु पनि असुरक्षित भएको समेत बताए ।

अन्य समाचार पद्नुहोस ,गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।

अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे। ‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने।

डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’

रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए। काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा। जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो।

बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए।

पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो। धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए। उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्।

मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’

धुर्मुसले सुरू गरेको काम सजिलो थिएन। कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे। उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर।

सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे। नभएको दिन आधापेट सुत्थे। यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो। हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो। कलाकारिता फस्टाइरहेको थियो। उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे। समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो।

जब नेपालमा भूकम्प आयो। घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन्। त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे। केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन्।

अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन। उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ।’

अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ। वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला? काठमाडौं।ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो ।

यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

मन्दिर ,यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् ।

यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।

ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् ।

अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ ।

तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ ।“जान दैत्य वडातोडा मालथलि जान, मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान । गयो दैत्य वडातोडो, वतासैको स्वर आयोदलु मोहन्यालकी वादलकी ढिक,

मिल्ल छौ त खपरे हामु सित मिल, नै त मिल्ला खपरेकी लाउत तेरी ठिक , केदारका दाईने तिर तुडया तुडया पानी , मिल्ला छौ त खपरे हमु सित मिलनई त मिल्ला खपरेकी समाई ल्याए रानी केदारैका गाथ मुनी थुम थुम केला मिल्ला छौत खपरे हमु सीत मिल नईमिल्ला खपरेका समाई ल्याय चेला– गयोदलु खपरेको रुनु–रुनु गयो । भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”

यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ ।

पूजाको दिनमा साजी विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ । यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।

यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् । यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा बैतडी बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ ।

तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी ९नायाँ व्यक्ति० ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ ।

यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।

ठूला केदार र मोहन्यालको सम्बन्ध ,मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

साङौडी,सौडीरसौटी देवता ,सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् ।

तल्लो बोगटान९कत्युरी नरेश को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close