रोचक खबर

दोलखा भिमेश्वरको शिलामा पसिना आयो, स्थानीयको भीड

दोलखास्थित भिमेश्वरको शिलामा पसिना निस्किएको छ । आज बिहान ६ बजेर २८ मिनेटमा भिमेश्वर मन्दिरको मुख्य शिलामा पसिना देखिएको स्थानीयले बताएका छन् ।भिमेश्वरको मुर्तिमा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतका रुपमा लिइने गरेको छ ।

यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० सालको महाभूकम्प, २०७२ को महाभूकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको त्यहाँका पुजारीहरुले बताएका छन् ।

मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले बाजागाजा सहित पूजापाठ गरिरहेका छन् ।काठमाडौं। चर्चित हास्य कलाकार तथा कमेडी च्याम्पियनका जज मनोज गजुलेरले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् ।

काठमाडौं। चर्चित हास्य कलाकार तथा कमेडी च्याम्पियनका जज मनोज गजुलेरले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् ।विहिबार बिहान सामाजिक सञ्जालमा सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गजुरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वसाधारण जनता देखि मन्त्रिहरुले समेत यस बिषयमा ग’म्भीर छानविन हुनु पर्ने माग राखेका छन् ।

अन्य समाचार, मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –आमा तथा आफन्त सँग मनमुटाव बढ्नेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । वाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –समाजमा तारिफयोग्य काम गरि राम्रो उपलव्धी हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रको काम स्थगित हुनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धर्म कर्ममा मन जानेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । घरमै बसेर गरिने अध्ययनले बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । तरपनि ऋण लाग्ने तथा यहि बेलामा सत्रुहरुले दुख दिनेछन् । आफन्तसँग पनि मनमुटाब सिर्जना हुनाले काम गर्न मन लाग्ने छैन । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्यावहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायान मन्दि आउँनेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

काठमाडौं । तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ ।

तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ ।त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि दस शंखका बारेमा आज हामी चर्चा गर्नेछौं। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो यसका बारेमा त सबैंलाई जनकारी छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।

शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ ।

हिन्दू धर्ममा प्रयोगृसम्पादन गर्नेरामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ । जुन धन प्राप्तको लागि शुभ शंख मानिने गर्छ।

मध्यावर्ति शंख यस अतभुत शंख : धेरै दुर्लभ मानिने गर्छ। यस शंखको मुखको बीचमा खुल्ला भाग रहेको हुन्छ। तपाईको सम्पूर्ण अभिलाषा पुरा गर्न यस शंख उपयोगी रहने गर्छ।मावर्ति शंख यो शंख : प्राय बायाँ हातबाट पकडिइने गरिन्छ।

यस शंख मिल्न धेरैनै दुर्लभ मानिन्छ भने यसलाई भेट्न असम्भवनै रहने गर्छ। यस शंख चमत्कारिकले भरिपुर्ण हुन्छ भने यसको घरमा स्थापना संगै दरिद्रता हट्छ भने धन प्राप्तिको शृंखला सुरु हुने गर्छ।

मोती शंख : यस शंख मानसिक चिन्ता हटाउनको लागि प्रयोग गरिन्छ भने श्वास(प्रश्वास सम्बन्धि समस्याको लागि पनि यस शंख काम आउने विश्वास गरिन्छ। यस शंखलाई जहिले पनि गंगाजलले स्नान गरिने गरिन्छ।

गणेश शंख : यो एक दुर्लभ र चमत्कारिक शंख हो। यस शंखको रुप गणेशसंग मिल्न जाने भएका कारण पनि यसलाई गणेश शंख भनिने गरिन्छ । यस शंख घरबाट नकारत्मक नजर हटाउनको लागि प्रयोग गरिन्छ भने घरमा यसले शान्त वातावरण राख्नको लागि मद्दत गर्ने गर्छ।

विष्णुशंख : यस शंख पूर्ण सेतो रंगको रहने गर्छ भने जटिल रूपाकृतिको रहने गर्छ। यस शंख भगवान विष्णुको वाहन गरुड़को आकृतिको रुपमा रहने गर्छ। यस शंखलाई धर्म शास्त्रमा “चन्द्र शंख”को रुपमा पनि वर्णन गरिएको छ। पवित्र, ईश्वरीय, दुर्लभ चमत्कारिक रुपमा जसको पनि बाधा, दुख दुर गराउन मद्दत यस शंखले गर्ने गर्छ।

दुर्लभ देवी शंख : यस शंख दुर्गाले हातमा बोक्ने गरेको शंखको रुपमा लिने गरिन्छ। धर्म शास्त्रमा यस शंखको ९ पटक प्रयोग गर्नेले असंख्य धन आर्जन गर्ने उल्लेख गरिएको छ। यस शंखलाई दैनिक पुञ्ज गर्नाले तपाईको घरमा लक्ष्मीको वास रहन सक्ला। यस शंखलै तपाईको गलामा बाध्ने शंख मालासंग अभिमंत्रित गर्नु भएमा अतुल धन मिल्न सक्छ।

मणिपुष्पक शंख : शंख महाभारत कालमा सहदेव बजाउने गरेका थिए। यस शंखले परिवारको सम्पूर्ण मनोकामना पुरा गर्न मद्दत गर्ने विश्वास गरिन्छ। यस शंखको प्रयोग गर्ने व्यक्तिलाई हृदय रोग नलाग्ने विश्वास गरिन्छ भने शरीर स्वस्थ रहन्छ।नीलकंठ शंख : यस शंख धार्मिक ग्रन्थका अनुसार भगवान शिवले समुन्द्र मन्थनको क्रममा निक्लेको विष शेवन गर्ने क्रममा नीलकंठ शंख माथि राखेर विष शेवन गरेको थिए।

यस शंख घरमा स्थापना गर्दा विषालु जनावरले दुख नदिने विश्वास गरिन्छ। यस शंखमा गाईको दुख राखेर पिउने गर्नाले स्वास्थ्य राम्रो हुने विश्वास गरिने गरिन्छ।चक्र शंख : यस शंख भगवान विष्णुको साथमा सधै रहने गर्छ। यस शंख भगवान विष्णुले राक्षसको वधको लागि प्रयोग गर्ने गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। यसलाई अद्भुत कल्याणकारी साथै चमत्कारी शंखको रुपमा लिने गरिन्छ।

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ । यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरेका हुन् ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।’

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिए । उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गरेका छन् । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ ।

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उनले जानकारी दिए । अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए। –एएनआई

यो पनि पढौँ आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।.

तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।

८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । ९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार:१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार:१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार:१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ

।४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ।. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।

१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close