Shadow

सार्वजनिक बिदा

कालिकोट। जनयुद्ध दिवसको अवसर पारेर कालीकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले गरेको पुष्टि गाउँपालिकाका सूचना प्रविधि विज्ञ नवीन चौहानले गरे ।

तत्कालीन (नेकपा माओवादी)ले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध थालेको थियो । त्यतिबेलाको माओवादी टुटफूटको अनेकन श्रृंखला बेहोर्दै अहिले नेकपा (माओवादी)को नाममा अस्तित्वमा समेत छैन् ।

जनयुद्ध शुरू गर्ने मुख्य नेताहरूमध्ये पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल नेकपाको अध्यक्ष छन् भने डा. बाबुराम भट्टराई मधेश केन्द्रित दल फोरमसँग एकता गरी समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनेका छन् ।

मोहन वैद्य किरणको नेतृत्वमा कान्तिकारी माओवादी छ, अर्को एउटा तप्कालाई भूमिगत राजनीतिमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरिरहेका छन् ।

अन्य समाचार :फागुनदेखि नारायणीमा सरर पानी जहाज : १० दिनभित्र अनलाइन बुकिङको आह्वान भरतपुर। नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।”

उहाँले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिनुभयो । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिनुभयो । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन÷तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।

ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *