Shadow

निर्मला पन्त प्रकरण : फुर्सदमा छानविन, हतारमा पुनरावलोकन !

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालभरि दोषी पत्ता लाग्न नसकेको निर्मला पन्त हत्या प्रकरणमा नयाँ बहस सिर्जना गरेर खनाल संगठनबाट बाहिरिएका छन् ।

वर्ष दिनसम्म दोषी पत्ता लाग्न नसकेको यो घटनामा नेपाल प्रहरी एक वर्षसम्म फुर्सदमा बस्यो । तर, आइजीपीबाट खनालको बहिर्गमन हुने बेलामा हतार–हतार एउटा पुनरावलोकन समिति गठन गरियो र डीआईजी धीरु बस्न्यातको छानविन प्रतिवेदनलाई खारेज गर्ने सिफारिस गरियो ।डीआईजी सुरज केसीको अध्यक्षतामा माघ १९ गते एक पुनरावलोकन समिति गठन भएको थियो । समितिमा एसएसपी दीपक थापा, एसपी गोपालचन्द्र भट्टराई, डीएसपीत्रय अवदेश बिष्ट, गणेश बहादुर श्रेष्ठ, श्री गोबिन्द थापा र इन्स्पेक्टर वीरेन्द्र घिमिरेलाई सदस्यका रुपमा राखिएको थियो ।

विभिन्न प्रहरी अधिकृतहरुले दिएको घटनासम्बन्धी विवरणहरुको प्रारम्भिक अध्ययन गर्दा पूर्वप्रतिवेदनसँग मेल नखाएकाले पुनरावलोकन समिति गठन गरिएको बताइएको थियो । यसबारेमा गृहमन्त्रालयको छानविन समितिले पनि रिपोर्ट दिएको थियो, जसबारे पुनरावलोकन समिति बोलेको छैन ।

पुनरावलोकन समितिलाई दिइएको कार्यादेशमा ‘निर्मला पन्त बलात्कार तथा हत्या घटनासँग सम्बन्धित प्रतिवेदनहरुको विस्तृत अध्ययन, विश्लेषण गरी तथ्यपरकरुपमा प्रतिवेदन पेश गर्ने कार्यक्षेत्र तोकिएको’ उल्लेख थियो ।

डीआईजी केसीको समितिले हेडक्वार्टरमा बुझाएको प्रतिवेदनमा अघिल्ला छानविन प्रतिवेदनमा देखिएका त्रुटिहरू १३ बुँदामा औंल्याइएको छ । साथै छोटोे निश्कर्ष र सुझाव पनि समितिले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *