Shadow

मनोरंजन

मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु- निरुता

मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु- निरुता

मनोरंजन
एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह। फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन्। उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन्। फिल्म ‘फर्की आऊ’ पछि भारतको मुम्बई हानिएकी निरुता सात वर्षपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट फेरि पर्दामा फर्किइन्। हाल ‘दाल भात तरकारी’को सुटिङमा व्यस्त उनीसँग ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेना र सृजना खड्काले सम्पूर्ण साप्ताहिकको लागि लिएको खुलस्त संवाद । करिब सात वर्षपछि तपाईं ‘नाइँ नभन्नू ल ५’ मार्फत अभिनयमा फर्कनुभयो। पहिलो अनुभव के थियो ? लामो समयपछि मैले ‘नाइँ नभन्नू ल–५’ मा काम गरेकी थिएँ। सुरुमा के होला ? भनेर खुलदुली थियो। तर, खासै नौलो अनुभव भएन। जति नै लामो ग्याप भए पनि एक्टिङको भोक वा नशा कलाकारमा सधैँ हुँदो
फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा

फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा

मनोरंजन
नायिका केकी अधिकारीले एक वर्ष अगाडि एउटा कमेडी चलचित्र निर्माण गरिन्, ‘कोहलपुर एक्सप्रेस’ । तर, यो चलचित्रले उनलाई सोचेजस्तो सफलता दिलाएन । एउटा विदेशी फिल्मको नक्कल गरेको आरोप पनि लाग्यो । कोहलपुर एक्सप्रेस सोचेजस्तो नदौडिए पनि यो चलचित्रले एउटा उत्साही र सिर्जनशिल टिम निर्माण गरेको थियो । टिममा थिए, निर्देशक विशाल भण्डारी, नायिकाहरु ऋचा शर्मा, रिमा विश्वकर्मा लगायत । पहिलो चलचित्र फ्लप भए पनि कमेडी यो टिम आफ्नो क्षमतामा भने ढुक्क थिए । कोहलपुर एक्सप्रेसबाट पाठ सिक्दै यसका कमी–कमजोरी सच्याएर नयाँ चलचित्र निर्माण गर्न उनीहरुले स्कृप्टमा काम सुरु गरे । तर, निर्देशक विशाल भण्डारीको दिमागमा भने अर्कै कुरा घुम्न थाल्यो । उनी चलचित्र होइन, टेलिभिजन रियालिटी शोको परिकल्पनामा डुब्न थाले । नेपाली टेलिभिजनमा रियालिटी शोहरुको लोकप्रियता बढिरहेको थियो । केही रियालिटी शोमा आबद्ध भएर काम पनि ग